न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

पत्रपत्रिकाबाट

शुक्रबार, १५ साउन २०७८, ०६ : ०९
न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ ।

मुद्दा पेसी कुन न्यायाधीशको इजलासमा तोक्नेसम्मको सेटिङ पहिल्यै हुँदा अदालतमा बेथिति बढेको र बिचौलियाले खेल्ने गरेको कुरा समितिले औंल्याएको छ ।

अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्चमा मुख्य न्यायाधीश र जिल्ला अदालतमा वरीयता क्रममा पहिलो नम्बरमा हुने न्यायाधीशले पेसी तोक्छन् । पेसी तोक्ने व्यवस्थाले आफू अनुकूल इजलास गठन, न्यायाधीश छान्ने प्रवृति रहेको समितिको निष्कर्ष छ ।

समितिले पेसी तोक्ने कार्यलाई व्यवस्थित बनाउन सुझाव दिएको छ । ‘विद्यमान पद्धतिका कारण न्यायपालिकामा विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार बढेको भन्ने व्यापक गुनासो आएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

समितिले विस्तारै देशभरको पेसी तोक्ने प्रणाली अटोमेसनमा गर्न सुझाव दिएको छ । एकै व्यक्तिले मुद्दाको पेसी तोक्दा बिचौलियाले खेल्ने मौका पाएको जनाएको छ ।

हाल रहेको पेसी तोक्ने प्रणालीले न्यायालयमा भ्रष्टाचार र बेथिति बढाएको समितिको निष्कर्ष छ । समितिले पेसी व्यवस्थापनलाई सुधार गर्न सकिने बताएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस