माडीमा प्रचण्डले भने, ‘बादरमुँढे दुःख घट्ना थियो, गलत तत्वहरूले कमाई खाने भांडो बनाए’

आइतबार, १७ मंसिर २०७४, २१ : १२
माडीमा प्रचण्डले भने, ‘बादरमुँढे दुःख घट्ना थियो, गलत तत्वहरूले कमाई खाने भांडो बनाए’


माडी, चितवन । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्डले जनयुद्दमा भूलवस भएको बादरमुढे घटनालाई राजनीतिक लाभका लागि उपयोग गरिएको बताएका छन् । चितवनको माडी नगरपालिकाको बसन्तपुरमा आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बादरमुढे घटनालाई उछालेर फÞाईदा लिन खोजिएको बताए । ‘जनयुद्दको जगमा नै गणतंत्रको स्थापना भएको हो, संबिधान सभाबाट संबिधान बन्न सकेको हो’ उनले भने, ‘तर, त्यो क्रममा केही गल्ती पनि भएका छन, त्यसमध्ये बादरमुढे घटना सबैभंदा ठूलो र स्तब्ध पार्ने घटना थियो ।’
‘मैले र पार्टीले यो घटनामा गल्ती भएको धेरैपटक स्वीकार गरिसकेका छौं, तर कतिपयले यसलाई बल्झाई राख्न खोजे ।’ उनले भने ।
आफु पहिलोपटक प्रधानमन्त्री भएपछि पीडितहरुलाई भेटेर राहतलगायत अन्य मागहरू सम्बोधन गर्न खोजे पनि कतिपय कारणले सम्भव नभएको उनको भनाई थियो । लामो समयदेखि बिरोधमा रहेका पीडÞितहरूले आफुलाइ स्वागत गरेकोमा धन्यवाद दिदै अध्यक्ष प्रचण्डले माओवादी पार्टी र अब बन्ने सरकारबाट पीडÞितहरूका माग पुरा गर्ने प्रतिवद्दता ब्यक्त गरेका छन् । ‘मैले पीडÞितहरूसँग माओवादी केन्द्रको अध्यक्षको हैसियतले ३ बुँदे सहमति गरेको छु’ प्रचण्डले भने, ‘अहिले केपी वलीजीले पनि त्यो प्रतिवद्दता व्यक्त गर्नु भो, यो अब बन्ने सरकारको प्रतिवद्दता हो, विवेकसम्मत निर्णयका लागी पिडीत परिवार र माडीबासीलाई धन्यवाद दिन चाहंछु ।’
सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मतदातालाई प्रलोभनमा पार्न ठूलो चलखेल भइरहेकोमा आक्रोश व्यक्त गर्नु भयो । चितवनका बिभिन्न बस्तीमा मतदातालाई पैसा, मासू र रक्सी बांडीएको सुनेको बताउँदै कसैले चितवनका जनतालाई किन्न नसक्ने बताए । उनले भने, ‘के चितवनका जनता भेडा बाख्रा हुन ? के चितवनका जनताको विवेकलाई पैसाले किन्न सकींछ ?’
 चितवनका जनता विवेकि र स्वाभिमानी भएकाले आफु यहाँका जनताप्रति  विश्वास रहेको बताए । चितवन जिल्लालाई विकासको नमूनाका रूपमा लैजाने योजना प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले चीनको तिब्बत र भारतको कलकत्ता जोड़ने ‘हब’ को रूपमा माडीलाई विकास गर्ने बताए । केरुङदेखी कलकत्ता जोड्ने राजमार्ग माडी भएर जाने उल्लेख गर्दै नउले भने, ‘माडीका जनताका समस्याहरुलाई एकीकृत समृद माडी विकास प्याकेज अंतर्गत हल गर्ने मैले सोचेको छु ।’

 

प्रतिक्रिया दिनुहोस