कीर्तिमानसहित अमेरिकी पौडीबाज ड्रेसलले जिते ओलम्पिक स्वर्ण

एजेन्सी

विहीबार, १४ साउन २०७८, १४ : ३८
कीर्तिमानसहित अमेरिकी पौडीबाज ड्रेसलले जिते ओलम्पिक स्वर्ण

काठमाडौं । अमेरिकी पौडीबाज केलब ड्रेसलले जापानको टोकियोमा जारी ओलम्पिक गेम्समा पुरुष तर्फको १०० मिटर फ्री स्टाइल पौडीमा स्वर्ण पदक जितेका छन्।

उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका हुन्। व्यक्तिगत स्पर्धामा उनी सफल पौडीबाज मध्ये एक सावित भएका हुन्। उनले ४७.०२ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन्।

यो समय ओलम्पिक कीर्तिमान हो। उनले टोकियो ओलम्पिकमा दुई स्वर्ण पदक जितेका छन्। उनले चार गुणा सय मिटर रिलेमा स्वर्ण जितेका थिए यसअघि।

१०० मिटर फ्री स्टाइलमा ड्रेसलले अस्ट्रेलियाका कायल चाल्मर्सलाई पछि पारेका हुन्। सन् २०१६ को रियो ओलम्पिकमा ड्रेसलले चार गुणा एक सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए।

१०० मिटर बटरफ्लाइमा विश्व कीर्तिमान उनको नाममा छ। सो स्पर्धामा उनी आफ्नै रेकर्ड सुधारको प्रयासमा छन् टोकियोमा। २४ वर्षका उनले १०० मिटर बटरफ्लाइमा शुक्रबार प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस