काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको तेस्रो दिनको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको छ । बिहीबार ११ बजे बस्ने भनिएको बैठक १ बजे सुरु भएको हो । पार्टीका शीर्ष नेताहरु नआएका कारण बैठकमा ढिलाई भएको थियो ।
उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजन लगायतको विषयमा छलफल हुने बताइएको छ ।
बुधबार बसेको बैठकले सरकारमा मन्त्री पठाउनेबारे निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने
जसपा संसदीय दलको बैठक बस्दै
बृहत् सांस्कृतिक कार्यक्रम गर्दै जसपा
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यक्रम
जसपा मधेश प्रदेश राजनीति समितिको बैठक जनकपुरमा