धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, १७ : ३४
धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ट्रेलर सार्वजनिक

काठमाडौँ ।  धुर्मुस–सुन्तली फाउन्डेसनको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को निर्माण, निर्देशन, कथा, स्क्रिनप्ले र डाइलग रहेको छ ।

CG Developers Tansen Cement box

सुबिहानी फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा स्वयत्त योञ्जनको कोरियोग्राफी रहेको छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्र सुदिप बरालले खिचेका हुन् ।

चलचित्रमा धुर्मुस सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमीला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशीला थापालगायतको अभिनय रहेको छ ।