कोरोना अपडेट: ३ हजार ८४० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, १६ : ३८
कोरोना अपडेट: ३ हजार ८४० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या  ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् । बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको छ । 

प्रतिक्रिया दिनुहोस