जसपा कार्यकारिणी समितिको बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, १५ : ३८
जसपा कार्यकारिणी समितिको बैठक सुरु

file-photo

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

तुलसीलाल अमात्य स्मृति भवन च्यासलमा सुरु भएको बैठकमा पार्टीको आन्तरिक विषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर पक्षलाई कारवाही गर्ने या नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा छलफल भइरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवको नीजि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस