सत्ताबाट बाहिरएपछि पहिलो पटक संसदीय दलको कार्यालय पुगे ओली

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, १४ : ४६
सत्ताबाट बाहिरएपछि पहिलो पटक संसदीय दलको कार्यालय पुगे ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली  बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि उनी पहिलो पटक सिंहदरबार आएका हुन् । प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस