जापानले रोक्यो कामदार भिसा, ठगी हुनबाट जोगिन आग्रह

एजेन्सी

मंगलबार, १२ साउन २०७८, १३ : ३२
जापानले रोक्यो कामदार भिसा, ठगी हुनबाट जोगिन आग्रह

काठमाडौं । कामदार भिसामा जापान लैजाने भन्दै ठगीको घटना बढेपछि जापानी दूतावासले सतर्क हुन आग्रह गरेको छ ।

दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै केही नेपाली नागरिकले जापान लैजाने प्रलोभन देखाउँदै लाखौंको ठगी गरेकाले त्यस्तो नगर्न भनेको हो ।

कोभिड-१९ महामारीको कारण जापानले तत्काल कामदार भिसा बन्द गरेको समेत दूतावासले जनाएको छ । अर्को सूचना प्रकाशित नभएसम्म कामदार भिसा खुला नहुने भएकाले धैर्य गर्न समेत दूतावासले भनेको छ ।

जुलाई १९ मा जापान लैजाने भन्दै लाखौं ठगी गरेपछि प्रहरीले चारजना नेपाली नागरिकलाई पक्राउ गरेको घटनामा दूतावासले चासो समेत व्यक्त गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस