राजनीति

पाण्डे जी बाँदरको पुच्छर जस्तै हो : लामा

आइतबार, १७ मंसिर २०७४, १६ : ४९
पाण्डे जी बाँदरको पुच्छर जस्तै हो : लामा

माडी । राप्रपा (प्रजातान्त्री) का महामन्त्री तथा नेपाल सरकारका उद्योग राज्य मन्त्री रमेश लामा बामगठबन्धको समर्थनमा चितवनको माडी पुग्नु भएको छ । चितवन क्षेत्र नं. ३ मा राप्रपा प्रजान्तात्रीक प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा राप्रपा (प्रजातान्त्रीका) उपाध्यक्ष विक्रम पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ ।

कार्यक्रमलाई सम्बोध गर्दै राज्य मन्त्री लामाले कुनै एउटा पेशा गर्नेले राज्यको व्यवस्थापन गर्न नसक्ने बताउनुभयो । लामाले आफ्ना पाटीका उपाध्यक्ष पाण्डेलाई बादरको पुच्छरको संज्ञा दिनुभएको छ । उहाँले भन्नुभयो– “विक्रम पाण्डे जी नेतृत्वको खुट्टा टेकाईमा सा¥है कमजोर पाएका छु” । उहाँ एउटा सफल व्यवसायी हो ,तर मुलुको परिवर्तनको नेतृत्वको लागि बाँदरको पुच्छर लौरो न हतियार जस्तो हो –उहाँले भन्नुभयो ।

यो विकास गरे ,त्यो विकास गरे भन्नु हुन्छ उहाँ ,सरकारको धुकुटीले तपाईहरु पनि विकास गर्न सक्नुहुन्छ –लामाले भन्नुभयो । “म कुनै लोभ लालचमा आएको होईन ,देशमा भईरहेको धुब्री करण अनुसार नेपाली जनताको समृद्धि र राजनीतिक स्थाईत्व दिनुपर्छ भन्ने मान्यताको साथ म यहाँ आएको हुँ । ” लामाले सक्षम व्यक्ति पहिचान गर्न माडीका जनतालाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस