नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, ११ : ०४
नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् ।

बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको बताए ।

‘नियमित चेकजाँचका लागि उहाँ जानु भएको थियो । उहाँ राष्ट्रपति निवास फर्किसक्नु भएको छ’, मंगलबार पौने ११ बजे उनले रातोपाटीलाई बताए । 

प्रतिक्रिया दिनुहोस