कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुँदै

पत्रपत्रिकाबाट

मंगलबार, १२ साउन २०७८, ०८ : १४
कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ ।

केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको जानकारी दिए ।

केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पुर्‍याउने काम शुरु गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस