इलाम । इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो।
गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए। घरायसी विवाद हुँदा बुवामाथि गिर्जमानले कुटपिट गरेका थिए।
घाइते भएका टेकबहादुरलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि घर फर्काउने क्रममा आइतबार राति ९ बजे मृत्यु भएको हो।
मृत्यु भएपछि प्रहरीले कुटपिट गरेको आरोपमा गिर्जमानलाई पक्राउ गरेको कार्यालयले जनाएको छ। उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ