इलाम । इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो।
गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए। घरायसी विवाद हुँदा बुवामाथि गिर्जमानले कुटपिट गरेका थिए।
घाइते भएका टेकबहादुरलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि घर फर्काउने क्रममा आइतबार राति ९ बजे मृत्यु भएको हो।
मृत्यु भएपछि प्रहरीले कुटपिट गरेको आरोपमा गिर्जमानलाई पक्राउ गरेको कार्यालयले जनाएको छ। उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ