झन्डै एक किलो कोकिनसहित चितवनमा एकजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १२ : ३१
झन्डै एक किलो कोकिनसहित चितवनमा एकजना पक्राउ

चितवन । झन्डै एक किलो कोकिनसहित चितवनबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीका मुख्य व्यक्ति समेत रहेका गोरखा नगरपालिका(५ का सुरज गुरुङ लाई पक्राउ गरेको हो । गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।

एक किलो कोकिनको झन्डै तीन करोड रूपैयाँ नेपाल बजार हुन आउँछ। ब्युरोले भने औपचारिक रूपमा गुरुङ पक्राउबारे सार्वजनिक गरेको छैन।

आइतबार गुरुङलाई समात्न ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी खटिएको थियो। हेडौडाबाट अन्य केही व्यक्तिहरू पनि पक्राउ परेको ब्युरो स्रोतले जनाएको छ।

गुरुङ लागुऔषध कारोबारमा नाम चलेका व्यक्ति हुन्। गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए।

प्रतिक्रिया दिनुहोस