काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरु हेड काउन्ट (सनाखत) का लागि निर्वाचन आयोग पुगेका छन् । नागरिकता सहित आयोगमा पुगेका उनीहरुलाई सनाखत गर्ने काम आयोगले शुरु गरेको छ ।
सनाखतका काम शुरु भएसंगै प्रक्रिया रोक्न महन्थ ठाकुर समुहले दिएको निवेदन आयोगले खारेज गरेको छ । यता हेड काउन्टसंगै आधिकारिकताको विवाद साम्य हुने र आफुहरुले आधिकारिकता पाउने भन्दै उपेन्द्र यादव समुहले सरकारमा जाने तयारी समेत गरेका छन् ।
उपेन्द्र यादव आफूहरु सरकारमा छिटै सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी हुने बताएका हुन् । यादवले महन्थ ठाकुरले बाटो बिराएकोले सार्वजनिक क्षमायाचना गर्दै आउने हो भने सोच्न सकिने ठोकुवा गरे ।
सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने बताउँदै उनले भने, ‘पार्टीको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको बैठक बस्छौं, त्यसपछि प्रक्रिया अघि बढ्छ ।’ उनले सरकारमा कति जना र कोको सहभागी हुने भन्ने एकिन नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर