आधिकारिकता टुंगिए लगत्तै सरकारमा सहभागी हुन्छौं : उपेन्द्र यादव

प्रक्रिया रोक्न महन्थ ठाकुर समुहले दिएको निवेदन आयोगद्धारा खारेज

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १२ : १५
आधिकारिकता टुंगिए लगत्तै सरकारमा सहभागी हुन्छौं : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरु हेड काउन्ट (सनाखत) का लागि निर्वाचन आयोग पुगेका छन् । नागरिकता सहित आयोगमा पुगेका उनीहरुलाई सनाखत गर्ने काम आयोगले शुरु गरेको छ । 

सनाखतका काम शुरु भएसंगै प्रक्रिया रोक्न महन्थ ठाकुर समुहले दिएको निवेदन आयोगले खारेज गरेको छ । यता हेड काउन्टसंगै आधिकारिकताको विवाद साम्य हुने र आफुहरुले आधिकारिकता पाउने भन्दै उपेन्द्र यादव समुहले सरकारमा जाने तयारी समेत गरेका छन् ।

उपेन्द्र यादव आफूहरु सरकारमा छिटै सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी  हुने बताएका हुन् । यादवले महन्थ ठाकुरले बाटो बिराएकोले सार्वजनिक क्षमायाचना गर्दै आउने हो भने सोच्न सकिने ठोकुवा गरे । 

सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने बताउँदै उनले भने, ‘पार्टीको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको बैठक बस्छौं, त्यसपछि प्रक्रिया अघि बढ्छ ।’ उनले सरकारमा कति जना र कोको सहभागी हुने भन्ने एकिन नभएको बताए ।
 

प्रतिक्रिया दिनुहोस