महन्थ ठाकुर आत्मालोचना गरेर पार्टीभित्र आउन चाहनु हुन्छ भने पनि अब ठाउँ छैन : रेणु यादव

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १२ : ०५
महन्थ ठाकुर आत्मालोचना गरेर पार्टीभित्र आउन चाहनु हुन्छ भने पनि अब ठाउँ छैन : रेणु यादव

काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षकी सांसद तथा कार्यकारिणी समिति सदस्य रेणु यादवले अब महन्थ ठाकुरलाई पार्टीमा कुनै स्थान नरहेको प्रतिक्रिया दिएकी छिन् ।

CG Developers Tansen Cement box

आयोग परिसरमा उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गरेकी उनले आफूहरूको पक्षमा बहुमत देखिएकाले अब महन्थ ठाकुरको पार्टीमा कुनै स्थान नरहेको बताइन् ।

‘अब महन्थ ठाकुर जसपामा हुनुहुन्न, उहाँलाई अध्यक्ष मान्ने कुरै आउँदैन’, यादवले भनिन्, ‘आत्मालोचना गरेर पार्टीभित्र आउन चाहनु हुन्छ भने पनि अब ठाउँ छैन ।’

प्रतिक्रिया दिनुहोस