पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, १७ : १९
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ।

गत २४ घण्टामा २ हजार ५० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार २२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।