दाङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

रासस

आइतबार, १० साउन २०७८, १३ : १४
दाङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

दाङ । दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । 

CG Developers Tansen Cement box

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो । मृतक रानाको शव शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस