मोरङ । विराटनगरमा अवैध भारतीय रुपैंया र अमेरिकी डलर सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई विराटनगर–१७ बाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार शुक्रबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ साउन २०७८, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ