राजधानीमा मध्यम तथा लामो दुरीका सवारीसाधन पनि संचालन गर्ने निर्णय

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, २१ : २६
राजधानीमा मध्यम तथा लामो दुरीका सवारीसाधन पनि संचालन गर्ने निर्णय

काठमाडौँ । उपत्यकामा मध्यम तथा लामो दुरीका सवारी साधनसमेत सञ्चालन हुने भएको छ । सरकारले आज निर्णय गरेसंगै यि सवारी साधन संचालनमा आउने भएको हो । 

सरकारको निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने छ । नेपाल सरकार (मन्त्रिपरिषद) को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

काठमाडौं प्रशासनले शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो । यसअघि  आन्तरिक रुपमा र काम विशेषले आएका सवारीलाई मात्र उपत्यकाभित्र प्रवेश गर्न दिइने निर्णय भएको थियो । 

प्रतिक्रिया दिनुहोस