काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।
आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा पुगेका हुन् ।
अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमा जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर