महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १९ : ०७
महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।

आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा पुगेका हुन् । 

अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमा जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस