भारतको दैनिक भास्करको कार्यालयमा आयकर विभागको छापा

एजेन्सी

विहीबार, ०७ साउन २०७८, १३ : ५४
भारतको दैनिक भास्करको कार्यालयमा आयकर विभागको छापा

एजेन्सी । भारतको चर्चित अखबार दैनिक भास्करको कार्यालयमा आयकर विभागले छाप मारेको छ । सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सका प्रवक्ता सुरभी अहलूवालियाले छापामा मारेको पुष्टि गरेका छन् ।

दैनिक भास्कारका राष्ट्रिय सम्पादक लक्ष्मीप्रसाद पन्तले जयपुर कार्यालयम केही टीम पुगेको बताए । अखबारले कोभिड महामारीको दौरान खोजमुलक खबर प्रकाशित गरेको थियो । खबरमा सरकारले गरेको कोभिड नियन्त्रणको प्रयासको सन्दर्भमा कैयौं प्रश्न उठाइएको थियो ।

आयकर विभागले दैनिक भास्करसँग भारत समाचार नामक च्यानलमा पनि छापा मारेको छ । उक्त च्यानलले पनि मोदी सरकारको आलोचना गरिरहेको थियो ।लामो समयदेखि अखबारले मोदी सरकार र उसको क्रियाकलापको शुक्ष्म अध्ययन गर्दै स्वस्थ्य ढंगले आलोचना गर्दै आएको थियो । भारतमा स्वच्छ पत्रकारिताको खडेरी लागको समयमा दैनिक भास्करले समाजको यथार्थ चित्रण गर्दै आएको थियो ।

पत्रिकाको कार्यालयमा छापा मार्ने मोदी सरकारको निर्णयको विपक्षी दलहरूले विरोध गरिरहेका छन् । उनीहरूले सरकारले स्वतन्त्र मिडियामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस