लागूऔषधको कारोबारमा सँलग्न भएको आरोपमा दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १३ : ३१
लागूऔषधको कारोबारमा सँलग्न भएको आरोपमा दुई जना पक्राउ

काठमाडौं । प्रहरीले लागू औषधको कारोबारमा सँलग्न भएको आरोपमा दुई युवालाई समातेको छ । प्रहरीका अनुसार उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धीरज चौधरी रहेका छन् । हिजो दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए ।

यसैगरी प्रतिवन्धित लागू औषध सहित सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने बाट धरान १६ का १९ बर्षीय कुमार तामाङ पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट प्रतिबन्धित औषधी स्पास्पेन १५०० ट्याव्लेट र ट्रमोल ५० ट्याव्लेट बरामद गरेको छ ।

तामाङ्लाई हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तीनकुने धरानको टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका तामाङउपर थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरीका प्रवक्ता एसपी नविनराज राईले बताए ।

प्रतिक्रिया दिनुहोस