नेपाल आयल निगम अब डिजिटल भुक्तानी प्रणालीमा

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १२ : ०५
नेपाल आयल निगम अब डिजिटल भुक्तानी प्रणालीमा

काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी क्ब्ए प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ ।

यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै निगमको ३.९७ अर्ब बराबरको भुक्तानी संकलन भएको जनाएको छ ।

विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ र यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसीएचएलको प्रणाली मार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस सँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइन मार्फत गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको पनि जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस