काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रस्ट पारे।
जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने या नजाने विषयमा अझै टुंगो नलागेको यादव पक्षका नेताहरू बताउँछन्। ‘अध्यक्षज्यू सरकारमा गए हामीले एक उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय पाउने सम्भावना धेरै हुन्छ। तर अध्यक्षज्यू सरकारमा जानुभएन भने परराष्ट्र हामीले पाउँदैनौं,’ ती नेताले भने, ‘त्यसैले अध्यक्षज्यू सरकारमा जानुपर्छ भन्ने हाम्रो लाइन हो।’
यादव पक्ष निर्वाचन आयोगको निर्णयपछि सरकारमा जाने भएको छ। आधिकारिकताको फैसला सुनाउन आयोगले पार्टीका कार्यकारिणी समितिका सदस्य र सांसदहरूको ‘हेड काउन्ट’ गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव