बेइजिङ । अहिलेसम्मकै भारी वर्षापछि मध्य चीनमा भीषण बाढी जाँदा १२ जनाको मृत्यु भएको छ भने एकलाख जनालाई सुरक्षित ठाउँमा उद्दार गरिएको छ ।
बाढीले हेनान प्रान्तका दर्जनौं सहर र राजधानी झेंगाउ समेत प्रभावित बनेका छन् । सार्वजनिक भिडिओमा मानिसहरुलाई रेल स्टेसन र सडकमा छातीसम्मकै पानीमा डुबेर हिँडेको देख्न सकिन्छ ।
राष्ट्रपति सी जिङपिङले बुधबार बाढीले जोखिमपूर्ण परिस्थिती सिर्जना गरेको बताउँदै उद्दार र राहतका लागि काम भैरहेको जनाएका छन् । बाढीले उल्लेख्य मात्रामा जनधनको क्षति पु¥याएको सीको भनाई छ ।
९४ मिलियन मानिसको बसोबास रहेको हेनान प्रान्तमा मौसमको चेतावनी जारी गरिएको छ । स्थानीय अधिकारीहरुले ६० वर्षयताकै भीषण वर्षा र बाढी आएको जनाएका छन् ।
मंगलबार भीषण आँधीपछि वर्षा हुन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ साउन २०७८, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण