अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजाबीच द्धिपक्षीय हित र अन्य आपसी सम्बन्धका विषया वार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्धितीयबीच सोमबार भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।
त्यस क्रममा उहाँहरुबीच अन्य क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ । जोर्डनका राजा अब्दुल्लाह द्धितीय हाल अमेरिकाको भ्रमणमा छन । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका जोर्डनसँगको आपसी समझदारी र सहयोगलाई निरन्तरता दिन चाहेको बताएका थिए ।
इजरायल प्यालेस्टाइनबीचको विवादमा जोर्डनले खेलेको भूमिकाको अमेरिकी राष्ट्रपति बाइडेनले प्रशंसा गरेका पनि सो विज्ञप्तिमा जनाइएको छ । हालैमात्र इराकको राजधानी बगदादमा इराक, जोर्डन र इजिप्टका बीचमाम त्रिपक्षीय सम्मेलन पनि भएको थियो ।
अमेरिकी राष्ट्रपति बाइडेनले सो सम्मेलनमा जोर्डनको भूमिकाको सराहना गर्नुृभएको पनि ह्वाइट हाउसले जनाएको छ । उनीहरुबिच सिरियाको बारेमा पनि कुराकानी भएको थियो । उनीहरुले सिरियामा शान्ति स्थापनाका लागि आवश्यक सहयोग गर्ने बारेमा पनि छलफल गर्नुभएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ साउन २०७८, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
मन्त्री घिसिङ र स्विस राजदूतबिच भेटवार्ता