अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजाबीच द्धिपक्षीय हित र अन्य आपसी सम्बन्धका विषया वार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्धितीयबीच सोमबार भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।
त्यस क्रममा उहाँहरुबीच अन्य क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ । जोर्डनका राजा अब्दुल्लाह द्धितीय हाल अमेरिकाको भ्रमणमा छन । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका जोर्डनसँगको आपसी समझदारी र सहयोगलाई निरन्तरता दिन चाहेको बताएका थिए ।
इजरायल प्यालेस्टाइनबीचको विवादमा जोर्डनले खेलेको भूमिकाको अमेरिकी राष्ट्रपति बाइडेनले प्रशंसा गरेका पनि सो विज्ञप्तिमा जनाइएको छ । हालैमात्र इराकको राजधानी बगदादमा इराक, जोर्डन र इजिप्टका बीचमाम त्रिपक्षीय सम्मेलन पनि भएको थियो ।
अमेरिकी राष्ट्रपति बाइडेनले सो सम्मेलनमा जोर्डनको भूमिकाको सराहना गर्नुृभएको पनि ह्वाइट हाउसले जनाएको छ । उनीहरुबिच सिरियाको बारेमा पनि कुराकानी भएको थियो । उनीहरुले सिरियामा शान्ति स्थापनाका लागि आवश्यक सहयोग गर्ने बारेमा पनि छलफल गर्नुभएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ साउन २०७८, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता