कैलालीबाट खैरो हेरोइनसहित युवक पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, १३ : ०६
कैलालीबाट खैरो हेरोइनसहित युवक पक्राउ

कैलाली । कैलालीको टिकापुर नगरपालिका–७ कालाकुण्डबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित एकजना युवकलाई पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–१० बस्ने २४ वर्षीय हिरासिंह चौधरीलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

से.४प ४३४५ नम्बरको मोटरसाइकलमा सवार चौधरीको साथबाट प्रहरीले ५ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस