आगामी १० वर्ष महानगरको नेतृत्व मेयर रेनु दाहालले गर्नुपर्ने नगरवासीको चाहाना (भिडियोसहित)

प्रकाश सिग्देल

शनिबार, ०२ साउन २०७८, १८ : ०३
आगामी १० वर्ष महानगरको नेतृत्व मेयर रेनु दाहालले गर्नुपर्ने नगरवासीको चाहाना (भिडियोसहित)

चितवन । भरतपुर महानगर वडा नम्वर २ रामकृष्ण टोल बिकास संस्थाले वडा कार्यलय परिसरमा बृक्षारोपण गरेको छ । शनिवार कार्यालयमा एक कार्यक्रम गरी महानगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा कार्यालय परिसरमा विभिन्न फलफुल र सौन्दर्य जातका बिरुवा रोपेको हो ।

आफनो टोललाई हरियाली र सफा सुरक्षित टोल निर्माणमा आफुहरु अहोरात्र खटिएको टोलकी अध्यक्ष तुलसी श्रेष्ठले बताईन् । महानगरले आफुहरुको टोलको विकासमा धेरै सहयोग गरेको भन्दै उनले आभार प्रकट गरीन् । २२ वर्ष देखि आफु टोलमा रहेर काम गरेको र २२ वर्षमा नभएको विकास मेयर दाहाल आएपछि आफनो टोलमा भएको उनकोे भनाई छ । 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पुर्णबहादुर श्रेष्ठले आगामी १० वर्ष महानगरको नेत्रित्व मेयर दाहाल या उहाँ जस्तै जनप्रतिनिधिले गर्ने होे भने महानगरमा सुन फल्ने बताए । अहिले मात्रै आफनो वडामा २ करोड बढिको काम चालु अवस्थामा रहिरहेको वडा अध्यक्ष श्रेष्ठ बताए । वडाको बिकासमा महानगरले निरन्तर साथ दिएको र केहि समय अगाढी मात्रै नया भवन बनाएर सेवा प्रदान गर्न पाएको उनको भनाई छ । वडाबाट गएको जुनसुकै फाईल पनि मेयर दाहालले सदर गरेर विकासका लागी बजेट दिनु भएको उनकोे भनाई छ । सामान्य टोल देखि, वडा हुँदै समग्र महानगर भित्र मेयर दाहालको नेतृत्वले विकासमा चमत्कारनै गरेको स्थानियहरुले बताए । 

आफनो नेतृत्वको टिमले महानगरमा धेरै राम्रा र राष्ट्यि गौरवका आयोजनाहरु संञ्चालन गरेको मेयर दाहालले बताईन् । महानगरलाई सुन्दर बनाउन बृक्षारोपण अनिवार्य भएको उनको भनाई छ । यहाँ भौतिक पुर्वाधार निर्माण  सडक निर्माण, स्मार्ट लाईट जडान नारायणी नदी किनार व्यवस्थापन,  सिटिहल निर्माण , ६ लेनको गोन्द्राङ पुलचोक सडक निर्माण ,अरु अरु हजारौ योजनाहरु यहाँ कार्यान्वयनमा रहेको उनले बताईन् । उनले अबको बाकि समयमा बोलेर भन्दा  धेरै जनहितकारी कामहरु धेरै गरेर देखाउने दाहालले बताईन् ।

कार्यक्रममा स्थानियहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागिले कार्यालयको चारै तिर २०० बढि बिरुवाहरु रोपेका थिए । 

 
 
 

 

प्रतिक्रिया दिनुहोस