२० बर्षपछि फेरि जन्मियो यश कुमारको ‘तिम्रो मन बदलिएछ’ (भिडियोसहित )

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १५ : ४७
२० बर्षपछि फेरि जन्मियो यश कुमारको ‘तिम्रो मन बदलिएछ’ (भिडियोसहित )

काठमाडौं। गायक यश कुमारको ‘तिम्रो मन बदलिएछ’ २ दशकपछि फेरि बजारमा आएको छ ।

गीतमा यश कुमारकै शब्द तथा संगीत छ भने स्वरमा मिलन नेवारले उनलाई साथ दिएकी छिन् । निकेश खड्काको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा सागर लम्साल ‘बले’, प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् ।

यश कुमार आफ्नो गीतलाई नयाँ रुपमा, नयाँ प्रविधीमा सार्वजनिक गर्न पाउँदा खुसी छन् । उनले आफूलाई बचाईराख्ने यो सिर्जना रहेको बताए । बुद्द थापाले छायाँकन गरेको यो गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।२० बर्षपछि रिमेक गरिएको एउटा उत्कृष्ट गीतको भिडियोमा निकेशले उत्कृष्ट कथा बुनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस