कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने : डब्लुएचओ

एजेन्सी

शुक्रबार, ०१ साउन २०७८, ०९ : ०७
कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने : डब्लुएचओ

एजेन्सी । कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने भन्दै सतर्कता अपनाउन चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।

डब्लुएचओका प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाको महामारी सकिएको नठान्न सचेत गराउदैं कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै समस्या उत्पन्न हुने बताएका छन् ।

डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न पनि चेतावनी दिएको छ। संक्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन आग्रह गरिएको हो। उनले कोरोना महामारी सकिने कुराको नजिक पनि पुग्न नसकिएको उल्लेख गरेका छन्।