महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १४ : ४०
महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि रु. एक लाख पचहत्तर हजार (रु.१,७५,०००) रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

बुधवार रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर श्री राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकको भैरहवा शाखाका प्रबन्धक श्रीे गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई रु. एक लाख ७५ हजार रकमको चेक हस्तान्तरण गरेका थिए । 

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ्ग सेवाप्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

कार्यक्रम रोटरी क्लब अफ भैरहवाका अध्यक्ष श्री चक्रमणि आचार्यको अध्यक्षता तथा सचिव साजन जंग राणाज्यूको संचालनमा सम्पन्न भएको थियो ।


 

प्रतिक्रिया दिनुहोस