१७ हजारको मोबाइलले चढायो स्कुटर

विहीबार, १६ कार्तिक २०७४, २२ : २५
१७ हजारको मोबाइलले चढायो स्कुटर


काठमाडौं । दशैंतिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् । तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबको समयमा ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको पसलबाट मोबाइल खरिद गरेका थिए ।


ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए । ताम्राकारको दशैंतिहार उपहार योजनाअन्तर्गत ५० जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए ।

यो पटकको मेला सफल बनेको भन्दै ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले मोबाइल पारखीहरुकावीच ताम्राकार मोबाइल बजारले अझ बिश्वास बढाएको बताए ।

आफ्नो परिवारमाआबश्यकपर्ने  सबै मोबाइलताम्राकार बाटै किनेको बताउने स्कुटर बिजेता तण्डुकारले ताम्राकार बजार नै सबैभन्दा बढी बिश्वासिलो बजार भएको बताए ।

लेनेभो र मोटोरोलाले मुख्यप्रायोजन गरेको मोबाइल महोत्सबमा मोटोरोला मोबाइलले ऐतिहासिक कारोबार गरेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले मेला अबधीभरमा लेनेभोको र मोटोरोलाका २ हजारभन्दा धेरै सेटको कारोबार भएकोे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस