मन्त्री नरहेपछि फेसबुकबाट मनपरी

पत्रपत्रिकाबाट

बुधबार, ३० असार २०७८, ०८ : ३४
मन्त्री नरहेपछि फेसबुकबाट मनपरी

काठमाडौं । मन्त्री नरहेपछि फेसबुकबाट मनपरी नगरपालिका मौलापुरबाट उनलाई लखेट्ने प्रयाससमेत भयो । साह यतिबेला आफ्नी श्रीमती मेयर रहेको मौलापुर नगरपालिकाको ०७८÷७९ को विकास बजेट आफ्नै तरिकाले कसरी खर्च गर्ने भन्ने ध्याउन्नमा रहेका बेला उनको विरोधमा नगरपालिकामै लगातार विरोध प्रदर्शन हुने गरेको छ ।

राम्रोसँग नेपालीसमेत बोल्न नआउने उनकी मेयर श्रीमती रिना कुमारी साहको सबै काम प्रभु साहले गर्ने गरेको सो नगरपालिकाका वडा अध्यक्ष उपेन्द्र जयसवालले बताए  

केही दिनपहिले मौलापुरको नगर परिषद् हुँदै गर्दा नगरपालिकाबाहिर चर्को विरोध र मारमुंग्रीसमेत भएको थियो । लगातार तीन पटक रौतहट–३ बाट जितेका प्रभु साहलाई यसपटक हम्मे पर्ने आकलन उनकै समकक्षीले गर्न थालेका छन् ।  आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस