काठमाडौं । काँग्रेस नेता गगन कुमार थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कही कतैबाट नहोस् भन्दै सचेत गराएका छन् ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै परमादेश जारी गरेसँगै थापाले यस्तो बताएका हुन् ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ’, थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन। उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं।नत्र भिरबाट खस्नेलाई रामराम ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवासामु गगन र विश्वका यस्ता छन् चार प्रस्ताव, मान्लान् त देउवा ?
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ
काँग्रेसमा कोही बा छैन, बोल्न छाड्दैनौँ’: गगन थापा
‘महाधिवेशनको दौडादौड सकिएपछि जेन जेडहरूसँग मिलेर काम गर्छु’: गगन थापा
पार्टीभित्रै घेराबन्दी भएको भन्दै गगन थापाले दिए चुप नबस्ने चेतावनी
नेता निधिमाथि भएको दुर्व्यवहारप्रति गगन थापाको आपत्ति