काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतबाट दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएकोमा सर्वोच्च अदालतलाई धन्यवाद व्यक्त गरेका छन् ।
सर्वोच्चले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते विघटन गरेको संसद सोमबार ब्यूँताउने निर्णय गरेको थियो। त्यसलगत्तै उनले भने,‘ म अदालतलाई धन्यवाद दिन चाहन्छु । सर्वोच्चबाट संविधान र लोकतन्त्रको रक्षा गर्ने काम भएको छ।’
यो सँगै उनले सर्वोच्चले आफ्नो फैसलामा संविधानको राम्रो व्याख्या गरेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘सर्वोच्चबाट संविधानमा भएका कतिपय अस्पष्टताबारे पनि स्पष्ट पार्ने काम भएको छ भन्ने मलाई लागेको छ।’
यो फैसलाका कारण सर्वोच्चको गरिमा र मर्यादा माथि उठेको उनले बताए। साथै अब सबै नेपालीले कानुनी राज्यको अनुभुति गर्ने मौका पाएको उनको भनाई छ। पार्टी विवादका सम्बन्धमा भने अहिले बोल्ने बेला नभएको भन्दै उनले टारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला