काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले एकताका लागि कार्यदलले जुटाएको सहमतिलाई स्वागत व्यक्त गरेका छन् ।
आइतबार १२ घण्टा निरन्तर वार्तापछि कार्यदलका सदस्यबीच आइतबार राति १० बुँदे भएको सहमति कार्यान्वयन गर्दै, एकतालाई थप सुदृढ बनाउन विश्वास निर्माण गर्दै जानुपर्नेमा जोड दिएका छन् ।
बिहानै नेता भट्टराईले वार्ता टोलीका सदस्यलाई बधाई र धन्यवाद ज्ञापन गरेका हुन्। उनले सामाजिक संजालमा भनेका छन्, ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागतयोग्य छ।
यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरूको युगीन कार्यभार बनेको छ। वार्ता समितिका सबै कमरेडहरूलाई हार्दिक बधाई तथा धन्यवाद छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई