काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशील सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा अनुगमन गर्न पुगेका नेता पौडेलले संवाददाताहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताए ।
समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही १ जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले बताए । अहिले आफुले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई समर्थन गर्न आफु तयार रहेको खुलासा उनले गरे । तर आफुले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उनको तर्क थियो ।
उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्तभित्र टुंगिने विश्वास आफुले लिएको बताए । भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्नचिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असार २०७८, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता