नवलपरासीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

रासस

शनिबार, २६ असार २०७८, ११ : ३३
नवलपरासीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । 

राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताए । भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया दिनुहोस