६ वर्षदेखि ब्राउन सुगरको धन्दा गर्ने पक्राउ

पत्रपत्रिकाबाट

शनिबार, २६ असार २०७८, ०८ : ०९
६ वर्षदेखि ब्राउन सुगरको धन्दा गर्ने पक्राउ

विराटनगर ।  धनकुटाको हिले घर भएका १८ वर्षीया जीया राई र सपना तामाङ लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) का सेवनकर्ता हुन् भन्ने जानकारी प्रहरीलाई थियो । उनीहरु बेला–बेला ब्राउन सुगर सेवन गर्नकै लागि मोरङको बेलबारी आउँथे ।

तर दुवैजनाले कहाँ पुगेर ब्राउन सुगर सेवन गर्छन् भन्नेमा प्रहरी अनविज्ञ थियो । प्रहरीको निगरानीमा रहेका जीया र सपना बिहीबारसाँझ बेलबारी आइपुगे । प्रहरीको विशेष टोलीले उनीहरुको पिछा गर्‍यो । दुवैजना बेलबारी नगरपालिका–१ का ४६ वर्षीय बुद्धिमान तामाङको घरमा छिरे । 

बुद्धिमानले घरबाटै ब्राउन सुगरको धन्दा चलाइरहेको सूचना पनि प्रहरीमा थियो । तर आधिकारिक प्रमाणको अभावमा उनलाई पक्राउ गर्न सकेको थिएन । जीया र सपना छिरेको केही बेरमै प्रहरीको टोली पनि बुद्धिमानको घरमा पुग्यो । प्रहरी पुग्दा बुद्धिमानसँग ब्राउन सुगर किनेर उनीहरु सेवन गर्दै थिए । 

प्रहरीले बुद्धिमान, जीया र सपना तीनैजनालाई नियन्त्रणमा लियो । बुद्धिमानको घरमा खानतलासी ग¥यो । त्यस क्रममा उनले धानको भकारीभित्र लुकाएर राखेको अवस्थामा १३ ग्राम पाँच सय ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस