चितवनको राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कफ्र्युको समय थप

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १९ : ५८
चितवनको राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कफ्र्युको समय थप

चितवन । चितवनको राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कफ्र्युको समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि साँझ ७ बजेसम्म राप्तीको राजमार्गको ५ सय मिटर दायाँबायाँ गरी कफ्र्युको समय थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार सो क्षेत्रको अवस्था अझै सामान्य नभएकाले कफ्र्युको समय थप गरिएको बताए । सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर राप्तीको राजमार्ग क्षेत्रमा प्रदर्शन र झडप बढ्न थालेपछि कर्फ्युको समय थप गरिएको हो । 

प्रतिक्रिया दिनुहोस