भरतपुर–२९ को वडा कार्यालय भवनको उद्घाटन

भारलाङ डाँडामा सिचाइँको लागि पानी पुगेपछि स्थानिय दंग

प्रकाश सिग्देल

बुधबार, २३ असार २०७८, १९ : ३२
भरतपुर–२९ को वडा कार्यालय भवनको उद्घाटन

चितवन ।भरतपुर महानगरपालिका २९ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले वडा कार्यालयको भवनको उद्घाटन गरेकी हुन् । गतभदौ २० गते सिलान्यास गरिएको सो भवनको १० महिना भित्रै निर्माण सम्पन्न गरेर भवन उद्घाटन गरिएको वडा अध्यक्ष मनबहादुर मगरले बताए । भ्याट सहित ५५ लाख ६  हजार १ सय ३८ रुपैया लागतमा भवन निर्माण गरिएको उनको भनाइ छ । 

मेयर दाहालले आफनो वडाको बिकासका लागी धेरै कामहरु गर्नु भएको र आगामी दिनमा पनि केहि अधुरा योजनाहरु पुरा गर्न थप सहयोग गर्ने बचन दिनुभएको मगरले बताए । आफुहरुकोमा बाटो घाटो खानीपानी र सिचाईलगायतको समस्या रहेको बताउँदै उनले महानगरसँग २९ नम्वर वडाका लागी जेसिबिको माग समेत गरे । भरतपुर महानगरको सबै भन्दा ठुलो बडा भएपनि यो वडामा जम्मा ७हजार जनसंख्या रहेको छ । ६ जना कर्मचारी मार्फत काम भईरहेको छ ।

मुखले भन्दा ब्यवहारले बोलेर काम देखाउने हो : मेयर दाहाल

भरतपुर महानगर प्रमुख रेनु दाहालले धेरै बोलेर भन्दापनि धेरै काम गरेर ब्यवहारले परिर्वतन देखाउन महानगर सफल भएको बताएकी छन् । १० महिना अगाडि सिलन्यास गरको भवनको अहिले निर्माण सम्पन्न गरेर उद्घाटन गर्न पाउँदानिकै खुसी लागेको बताईन। यस अघि २ वटा मात्रै कोठा भएको टिनको सानो घर मार्फत सेवा प्रवाह गर्नु पर्ने बाध्यता रहेकोमा अव नया आफनै ब्यवस्थित भवन भएपछि सेवा प्रवाह गर्न धेरै सहज हुने  भनाइ छ । अव नया भवनबाट नया जोस जागर र मुस्कन सहितको छिटो छरितो सेवा दिन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरिन् । वडा भवनलाई अव माथी ट्ष्ट हालेर हल निमार्ण गर्न महानगरले पुन बजेट बिनियोजन गर्ने पनि बताइन् ।

महानगरले १५ वटा  नया बडा भवन निमार्ण गरिसकेको उहाको भनाई थियो । अव १५ नम्वर ११ नम्वर र ४ नम्वर वडा भवन निमार्ण गर्न बाकी रहेको दाहालले बताईन ।२९ नम्वर वडामा सडक निमार्णका देखी अन्य पुर्वाधार निमार्णमा पनि आफुहरुले सहयोग गरिरहेको र गरिरहने उनले बताइन् । जुगेडी माबिलाई भवन बनाउनकालागी ६६ लाख बिनियोजन गरेर काम भईरहेको र  स्कुल बस सहयोग गरेको  भनाई छ ।महानगरले खरको छानो मुक्त घर निमार्ण अभियान थालेकाले कसैको खरको छानो छ भने आफुहरुले जस्ताको छानो हाल्नका लागी सहयोग गर्ने पनि दाहालले बताइन्  ।

आफुहरु महानगर लाई बिकास गर्न स्मार्ट सिटिको अवधारण अनुसार अगाडि बढेको बताउँदै जनताको हितका लागी कर्म गर्न  कहिलई नथाक्ने समेत बताइन् । यो वडा प्राकृतिक स्रोत र साधनले सम्पन्न धेरै सम्भावना बोकेको वडा भएको बताउदै दाहालले यसलाई प्रर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न महानगर निरन्तर लागिरहेको बताइन् । चन्द्रागीरी केवलकारका सन्चालक चन्द्र ढकाललाई २९ नम्वर घुमाएर यहाँको पर्यटन प्रर्वधनमा के गर्न सकिन्छ भनेर पनि थप अध्यान र परार्मश गरिएको बताइन् ।  चौकीडाडामा खानेपानीको लागी अहिले ढोडेनी खानेपानी र चौकीडाँडा खानेपानी आयोजना सन्चालन भएको र चौकीडाँडामा भ्यु टावर समेत निर्माण गरेको उनी बताउँछिन् । चुवाबका बेला गरेका प्रतिबद्धताहरु आफुहरुले पुरा गरेको पनि दाहालको भनाइ छ ।

चौकीडाँडा भरतपुर महानगरको नगरकोट : उपमेयर शाह

उपमेयर पार्वती शाह ठकुरीले वडा बासिलाई ठुलो मन गरेर बिकासमा जुट्न आग्रह गरिन् । भरतपुर महानगर का अरु २८ वडा भन्दा यो २९ नम्वर वडा सबै हिसावले धनी रहेको बताउदै शाहले यो वडा प्राकृतिक स्रोत र साधनले पनि धेरै धनी रहेको र पर्यटकिय हिसावले पनि महत्वपुर्ण रहेको दाबी गरिन् । यहाँ धेरै सम्भावना रहेकाले यसलाई राम्रो ब्यवस्थापन गरेर जानसके २९ नम्वर वाड महानगरको गहना बन्ने शाहको दाबी छ । यहा पर्यटकीय हिसावले पनि धेरै सम्भावना रहेको बताउँदै उनले २९ नम्वर वडा भरतपुर महानगरको नगरकोट भएको बताइन् ।

२९ नम्वर वडाको भबिष्य उज्वल छ : भोजराज खतिवडा

यो वाडले पर्यटन बिकास गर्न सकिने धेरै सम्भावना बोकेकाले सबै वडा भन्दायसको भबिस्थ धेरै उज्वल रहेको महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए । यो क्षेत्रको दिगो बिकासमा सबै जुट्नुपर्ने उनको भनाई छ ।यहाबाट प्राकृतिक स्रोतको दोहन हुनदिन नहुने र यसले कालान्तरमा बिपती ल्याउने र यसको स्वरुप बिग्रने भएकाले सबै मिलेर २९ वाडलाई नमुना र सबै हिसावले उर्वर वाडका रुपमा विकास गर्न आवस्यक रहको खतिवडाको भनाई छ । उनले यहाको प्राकृतिक स्रोत र साधनलाई बिभिन्न नाममा दोहन हुन नदिन यहीका स्थानियतथा राजनितिक दलका प्रतिनिधिहरु अग्रसर हुनु पर्ने पनि बताए ।

महानगरले यस्तो नेतृत्व कहिल्यै पाउने छैन : प्रवक्ता भण्डारी

महानगरका प्रवक्ता तथा वडा नम्वर १० काअध्यक्ष अरुणपीडित भण्डारीले भरतपुरमा यस्तो नेतृत्व बिगतमा पनि नभएको र आउने दिनमा पनि कहिले नहुने बताए । मेयर रेनु दाहालले गरेको नेत्रित्व बाट नगरबासि पुरै सन्तुष्ट रहेको उनको भनाइ छ । रेनु दाहालको नेत्रित्वले अनवरत रुपमा महानगरको विकासमा लागेको दाबी उनको छ । मेयर उपमेयर दुबै महिला भएको काममा अहोरात्र खटिने नेतृत्व अवका दिनमा महानगर बासीले कहिले नपाउने उनको भनाइ छ ।

उनले मेयर दाहालको नेतृत्वले महानगरका बिकासमा चमत्कार गरेको दाबी गरे । ९६ बिगा सार्वजनिक अतिक्रमित जग्गा खोजी गरी सं्रक्षण गरेको सयौँ बाटाहरु पिच गरेको, रंगसाला सिटिहल देखि ६ लेनको पुलचोक गोन्द्राङ सडक, स्मार्ट लाईट, भुमिगततार बिस्तरलगाएतका धेरै गौरवका योजनाहरु महानगर प्रमुख दाहालकै पहलमा भएको दाबी गरे ।उनले महानगरको २९ नम्वर वाड अन्तिम वाड भएपनि सम्भावनाले १ नम्वरमा रहेको समेत दाबी गरे । भारतको गौरीफन्टा लगाएतको क्षेत्र पनि चौकीडाँडा बाट देखिने हुँदा २९ नम्वर वडा धेरै महत्वपुर्ण वडा भएको उनको भनाई छ ।

रेनु दाहाल सफल र सक्षम नेतृत्व : अधिकारी

भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीले मेयर रेनु दाहालको कामले महानगरमा बिकासमा कायपलट भएको बताए । उनले मेयर र उपमेयर दुबैले सहीतरिकाले महानगरको सन्तुलित रुपमा बिकास गरेर भरतपुर महानगरलाई देशकै नमुना नगरका रुपमा बिकास गर्दै लगेको बताए । महानगरबासिहरुले अहिले कहि पनि खोट लगाउनु पर्ने अवस्था नभएको उनको भनाई थियो ।

सिचाईका लागि पानी

त्यस्तै २९ कै भारलाङ गाउँको कृषि योग्य जमिन सिचाईका लागि भारलागं सिचाई आयोजना समेत निर्माण भएको छ । भरतपुर महानगरको ४३ लाख बजेटमा ढोडेनी स्थीत खोलाबाट पाईप मार्फत पानि ल्याएर टंकीमा जम्मा गरेर सिचाईका लागी पार्ईप लाईन मार्फत पानि पठाईएको छ । स्थानियलाई सिचाईका लागी धेरै ठुलो समस्या भएपछि महानगरले चालु अर्थीक वर्षमा ४३ लाखमार्फत सिचाईको लागी पानिको प्रवन्ध गरेको वडा सचिव कैलास रेग्मीले बताए । सिचाईको समस्या समाधान गर्न महानगरले अहिले काम गरिरहेको र यो आयोजना सन्चालन भएपछि स्थानियको आर्थीक उत्थानका लागी धेरै सहज हुने उनको भनाई छ । स्थानिय किसानहरुले आफुहरुको ५४ साल देखीको सपना पुरा भएको भन्दै खुसि प्रकट गरेका थिए ।

 

 


 

प्रतिक्रिया दिनुहोस