कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा संक्रमण पुष्टि , २८ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १६ : ३६
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा संक्रमण पुष्टि , २८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ हजार ६३ एन्टिजेन परीक्षणबाट ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै बुधबार थप १३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस