काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेशभर बुधबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
मनसुनी वायुको प्रभावका कारण बदली तथा वर्षा भइरहेको हो । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।
प्रदेश १ का एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यसैगरि राति पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
आज देशभरको मौसम कस्तो रहला ?
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षा, हावाहुरीको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?