कोरोना भाइरस अपडेट : थप २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,  १५ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १७ : ०२
कोरोना भाइरस अपडेट : थप २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,  १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि भएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।

मंगलबार २ हजार ६ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५ सय ८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय १८ जना तथा एन्टिनजेनविधिबाट ९ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।