दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ

रासस

मंगलबार, २२ असार २०७८, १५ : ०३
दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङ । दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो ।

घोराही उपमहानगरपालिका –१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नं २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नं को मोटरसाइकल प्रयोग गरी ब्राउन सुगर कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरुका साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले बताएको छ । यसैबीच राप्ती गाउँपालिका– १ भालुवाङ रातोडाँडा निवासी २७ वर्षीय एकेन्द्र पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको घरका कोठामा लागुऔषध लुकाइछिपाइराखिएका अवस्थामा २।३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले सोमबार बरामद गरेको हो । तीनै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस