काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले सत्तारुढ दल नेकपा एमालेले देशलाई फेरि ‘बयलगाढा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका छन् ।
सोमबार मोर्चाका संयोजक सुर्यमान दोङ ‘लालध्वज’ ले एक विज्ञप्ति जारी गर्दै एमालेले देशलाई संविधानको विरुद्धमा उभ्याउँदै ‘बयलगाढा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका हुन् ।
एमाले केन्द्रीय कमिटिको १३ औँ बैठकमा संघीयताको बारेमा समीक्षा गर्ने र धर्मनिरपेक्षताबारे बहस गर्नुपर्ने विषयमा उठेको सवाल तथा छलफलको विषयमा ध्यानाकर्षण भएको भन्दै मोर्चाले महेश बस्नेतको नाममा दर्ता भएको संघीयताको समीक्षा गर्ने एवं धर्मनिरपेक्षताबारे बहस गर्ने प्रस्ताव र एमाले अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय चालिरहेको असंवैधानिक कदमले सिंगो एमाले यो परिवर्तनको विपक्षमा छ भन्ने प्रष्ट भएको जनाएको छ ।
‘सर्वविदितै छ, जतिबेला देशमा गणतन्त्रका लागि आन्दोलनको आँधीबेहरी चल्दै थियो, त्यतिबेला अहिलेका प्रधानमन्त्री ओली ‘बयलगाढा सिद्धान्त’ पतिपादन गर्दै थिए । ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्ने ओलीको सिद्धान्तविपरीत मुलुकमा आएको गणतन्त्रप्रति ओलीको रुचि नभएको उनको अभिव्यक्तिहरुले पुष्टि गरिसकेको छ । ओलीको पछिल्लो प्रतिगामी कदम र एमाले बैठकमा उठेको परिवर्तनविरोधी आवाजले एमालेले फेरि देशलाई ‘बयलगाढे सिद्धान्त’ मा फर्काउन लागेको आशंका उत्पन्न भएको छ ।’ मोर्चाले विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी मोर्चाले बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा पृथ्वीनारायण शाहको शालिक बनाउन बजेट विनियोजन गरेको विषयप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै भनिएको छ, ‘प्रदेश सरकारको यो निर्णय पनि उहिलेका राजा महाराजालाई खुसी पार्ने हेतुले प्रतिगामी ओलीकै योजनाअनुरुप आएको हाम्रो ठम्याई छ ।’
मोर्चाले सबै गतिविधिले संविधान र परिवर्तनविरोधी ओलीबाट यो परिवर्तनको रक्षा, सम्बद्र्धन र विकास सम्भव नभएकाले प्रतिगामी ओलीले अब आत्मआलोचनासहित नैतिकताको आधारमा अविलम्ब राजीनामा गर्न माग गरेका छन् ।
त्यस्तै पृथ्वीनारायण शाहको शालिक निर्माण गर्ने बागमती प्रदेश सरकारको निर्णय अविलम्ब फिर्ता गर्न माग गर्दै अटेरी गरे प्रतिकार तथा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असार २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
एमालेले के माओवादी फकाउन खोज्दैछ ? यी तीन घट्ना, जसले तरंगित बनाउँदैछ राजनीति
एमाले सचिवालय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
एमाले संसदीय दलको बैठक जारी