प्रतिनिधीसभा उम्मेद्वारको अमेरिकी ग्रिनकार्ड !

सोमबार, १८ मंसिर २०७४, ०९ : ५०
प्रतिनिधीसभा उम्मेद्वारको अमेरिकी ग्रिनकार्ड !


मंसिर १७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उपाध्यक्ष एवं बनमन्त्री विक्रम पाण्डेले अमेरिकामा आफ्नो घर भएको यसअघी नै स्विकार गरिसकेका छन् । चितवन–३ बाट प्रतिनिधीसभाको चुनाव लडेका पाण्डको अमेरिकी ग्रिनकार्ड समेत भएको पाईएको छ ।

राप्रपाका एक नेताका अनुसार १० बर्षअघि नै अमेरिकामा घर बनाएका बनमन्त्री पाण्डेको साथमा अमेरिकी ग्रिनकार्ड समेत रहेको छ । ग्रिनकार्ड हरेको ब्यक्तिले सो नत्यागेसम्म मन्त्रि पदमा बस्न नपाउने कानुनी ब्यवस्था भएपनी उनी अहिले बनमन्त्रीको झण्डा हल्लाउँदै चुनावी मैदानमा छन् ।
त्यसो त ग्रिनकाण्ड होल्डरले चुनाव समेत लड्न नपाउने कानुनी ब्यवस्था भएपनी पाण्डेबारे छानविन गर्न निर्वाचन आयोगले कुनै चासो देखाएका छैन् ।

कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका बनमन्त्री पाण्डले करिब एक बर्षअघी नै अमेरिकामा आफ्नो घर भएको कुरा स्विकार गरिसकेका छन् । आफ्नो छोराहरुले १० बर्ष पहिले कन्स्ट्रसन बिजनेश गरेर अमेरिकामा घर बनाएको पाण्डेले बताएका छन् ।

गत साल मंसिरमा आफ्नो निर्वाचन क्षेत्र चितवनको बाँदरमुढेमा पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रिी पाण्डले अमेरिकामा आफुले घर बनाएको सार्वजनिक रुपमै स्विकार गरेका थिए ।
नेपालको विकास बजेटबाट कमिसन जम्मा गरेर मन्त्री पाण्डेले अमेरिकामा सो सम्पत्ति जोडेका हुन् । मन्त्री पाण्डेको कालिका कन्स्ट्रक्सनले देशका विभिन्न भागमा पुल र बाटो निर्माणको ठेक्का लिने र समयमा काम सम्पन्न नगरी जनतालाई सकसमा पारिरहेको गुनासो आएकै बेला मन्त्री पाण्डेले अमेरिकामा १० वर्ष पहिल्यै कन्स्ट्रक्सन बिजनेसबाट घर बनाएको स्वीकारोक्ति प्रकट गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा खोटाङको मध्य पहाडी लोकमार्गको अनुगमनमा निस्कीएका थिए । त्यतिवेला खोटाङबासीले जयरामघाट पुलको ठेक्का लिएर काम नगरेको भन्दै पाण्डेको कालिका कन्स्ट्रक्सन र तत्कालिन भुमिसुधारमन्त्री समेत रहेका पाण्डेमाथी कारबाहीको माग गरेका थिए । त्यतिवेला प्रचण्डले जयराम घाटको पुल समयमै पुरा हुनेगरी काम गर्न निर्देशन दिएपनी हालसम्म उनिमाथी कारबाही भएको छैन । कालिका कन्स्ट्रसनले लिने ठेक्का देशभर विवादित हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस