काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । आइतबार दुई घण्टा समय अवधिमा सभामुखको वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन् ।
सभामुख पक्षका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षबाट जवाफी बहस शुरु गरिएको छ । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४७ जना सांसदको तर्फबाट आइतबार १ घण्टा जवाफ दिएका छन् ।
जवाफी बहसका लागि २ घण्टा दुई मिनेट समय बाँकी रहेको संवैधानिक इजलासमा जानकारी गराइएको छ । सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफ दिनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असार २०७८, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी