इथियोपियाको टिग्रेमा चार लाख भन्दा बढि मानिस भोकमरीमा

एजेन्सी

शनिबार, १९ असार २०७८, १२ : ३०
इथियोपियाको टिग्रेमा चार लाख भन्दा बढि मानिस भोकमरीमा

इथियोपिया । अफ्रिकी देश इथियोपियाको टिग्रे क्षेत्रमा जारी भिडन्तका कारण भोकमरीको अवस्था आएको र त्यसबाट चार लाख भन्दा बढि मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् ।

टिग्रे क्षेत्रमा जारी हिंसाका कारण उत्पन्न संकटका सम्बन्धमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पहिलोपटक छलफल भएको हो । सो बैठकमा हिंसाका कारण उत्पन्न खाद्य संकटले गर्दा ३३ हजार भन्दा बढि बालबालिका गम्भीर रुपमा कुपोषणको शिकार बनेको उल्लेख गरिएको छ ।

विगत ८ महिनादेखि जारी हिंसाका कारण थप १८ लाख मानिस भोकमरीको संघारमा पुगेको पनि अधिकारीहरुले बताएका छन् । युद्धविरामको घोषणा गरिए पनि हिंसा भने नरोकिएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

गएको सोमबार इथियोपिया सरकारले गएको सोमबार आफ्नो तर्फबाट युद्धविरामको घोषणा गरेको हो । तर विद्रोहीहरुले आफ्ना शत्रुहरुलाई परास्थ गरेरै छाड्ने बताएका छन् । टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट (टिपिएलएफ) र सरकारी सुरक्षा बलबिच भिडन्त हुँदै आएको हो।

हिंसामा परेर धेरै मानिसको ज्यान गएको छ। २० लाख भन्दा बढि मानिस बिस्थापित भएका छन्।
 

प्रतिक्रिया दिनुहोस